images
images

सर्वाधिक राशीको बागमती प्रदेशस्तरीय सहिद रितबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता हुने

  • २७ माघ २०८०, शनिबार १०:५४

जिरी(दोलखा) । दोलखामा सर्वाधिक राशीको प्रथम बागमती प्रदेश स्तरीय अन्तर पालिका सहिद रितबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता हुने भएको छ ।

आगामी फागुन २१ गतेदेखि  युवा सञ्जाल दोलखाको आयोजनामा रित बहादुर खड्का स्मृति भलिवल प्रतियोगिता हुने भएको हो । जनयुद्धमा सहिद भएका माओवादी नेता खड्काको स्मृतिमा हुन लागेको  प्रतियोगिताको प्रथम पुरस्कार २ लाख ५१ हजार, द्धीतीय पुरस्कार १ लाख ५१ हजार र तृतीय पुरस्कार ५१ हजार तथा सान्त्वना पुरस्कार २१ हजार सहित ट्रफी र मेडल रहेको युवा सञ्जाल दोलखाका अध्यक्ष पुष्कर अधिकारीले जानकारी दिनुभयो । खड्काको सम्झनामा प्रत्येक वर्ष जिल्लादेखि केन्द्रसम्म असार २ गते स्मृति दिवश मनाउने गरिएको छ ।

टीम दर्ता शुल्क १० हजार तोकिएको छ । केही समयअघि जिरीमा हेमन्त स्मृति भलिबल प्रतियोगिता सम्पन्न भएको थियो । त्यसपछि जिल्लामा हुने यो सर्वाधिक राशीको प्रतियोगिता हो । जसमा बागमती प्रदेशभरका १३ वटै जिल्लाबाट खेलाडीहरु सहभागी हुन पाउनेछन् ।

फाइल तस्विर