images
images

महरालाई रोशनी शाहीको फेरी अर्को आरोप : फेसबुकमा बाचाकसम छताछुल्ल !

  • २० पुष २०७८, मंगलवार ०९:४९

रोशनी शाहीले नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरालाई फेरि विवादमा तान्न थालेकी छिन् । उनले महराले जेलबाट छुटाउन गरेको बाचा कसमको रेकर्ड आफूसँग सुरक्षित रहेको बताएकी छिन् ।

आज सामाजिक सञ्जालमा रोशनीले दुनियाँले आफूलाई महरासँग करोड खाएको भनिरहँदा त्यसबारे महराले पुष्टि गर्नुपर्ने लेखेकी छिन् । उनले पछिल्लो समय महराविरुद्ध पोष्ट गर्न थालेकी छिन् ।

महराविरुद्ध यौन दुव्र्यवहारको अभियोग दर्ता गरेकी रोशनीले पछि आफै छुटाउन सक्रिय भएकी थिइन् । रोशनीको बयानका आधारमा महरा छुट्ने अवस्था बनेको थियो । हालै सम्पन्न माओवादी केन्द्रको महाधिवेशनबाट केन्द्रिय सदस्य बनेका महरा पार्टीको वरिष्ठ उपाध्यक्ष बन्ने तरखरमा छन् ।

सामाजिक सञ्जालमा रोशनीले लेखेकी छिन्: महराले जेल बाट छुटाउन गरेको बाचा कसम राहुल ले गरेका म संग छुटाईदिनुपर्यो भनेर गरेका कुराहरुको रेकर्ड मेसेज सुरक्षित छ दुनियाले मलाई महरा संग करोड खाको कुरा महराले दुनिया संग भन्नुपर्छ मैले कति खाए भनेर पुष्टि गर्नुपर्यो (बास्टर )