images
images

नेपालका धेरै स्थानमा मौसम बदली भई आज वर्षा र हिमपात हुने

  • २१ माघ २०८०, आईतवार ०६:५३

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नेपालका धेरै स्थानहरुमा मौसम बदली भई आज वर्षा र हिमपात हुने बताएको छ ।

महाशाखाले विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने जानकारी गराएको हो । वर्षा र हिमपातसँगै आज चिसो बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेकोे छ । आज सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले जानकारी दिनुभयो । उहाँका अनुसार सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा वर्षा हुनेछ ।

यसको असर सोमबारसम्म हुने र सोमबार साँझदेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद् झाले बताउनुभयो । यसअघि बुधबार प्रवेश गरेको पश्चिमी वायुले बिहिबार पश्चिम नेपालमा वर्षा र हिमपात गराएको थियो ।