images
images

काठमाडौं उपत्यकामा दोलखाका ठूला सहकारीको नजर, धमाधम सेवा केन्द्र बिस्तार गरिदै

दोलखा । दोलखाका सहकारी संस्थाहरुले धमाधम काठमाडौंमा सेवा केन्द्र विस्तार गरी सेवा प्रवाह गर्न थालेका छन् ।

जिल्लामा लामो समयदेखि सञ्चालित सहकारी संस्थाहरु एकपछि अर्को गर्दै धमाधम काठमाडौं प्रवेश गर्न थालेका हुन् । जसअनुसार दोलखाको बैतेश्वर गाउँपालिकाको मैनापोखरी स्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले सबैभन्दा पहिला राजधानीमा सेवा केन्द्र बिस्तार गरेको थियो । २०६८ सालदेखि नै सम्पर्क कार्यालयकारुपमा काठमाडौंबाट सेवा प्रवाह गरिरहेको जनसचेतन साकोसले अहिले जटिबुटीमा सेवा कार्यालय सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौंको छाप्रोमा रहेको सेवा कार्यालयलाई जडिबुटीमा सारिएको हो । सुरुमा कौशलटार, त्यसपछि छाप्रोमा रहेको सेवा कार्यालय फागुन ६ गतेबाट जडिबुटीमा सारेर सेवा प्रवाह गरिरहेको अध्यक्ष हेमन्त चौंलागाईले जानकारी दिनुभयो ।

कारोवारको हिसावले दोलखामा सवैभन्दा ठूलो मानिएको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था किमाथांका बचत तथा ऋण सहकारी संस्थासँग एकिकरण गर्दै काठमाडौं प्रवेश गरेको छ । लामो समयदेखि सञ्चालित किमाथांका बचत तथा ऋण सहकारी संस्थासँग एकिकरण गरी काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पेप्सीकोलामा मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था किमाथांका सेवा केन्द्रका रुपमा सञ्चालनमा आएको हो । गत माघ महिनाबाट सो सेवा केन्द्रबाट कारोवार सुरु भइसकेको मिलिजुली कालिञ्चोकका अध्यक्ष नारायण बहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सो सेवाकेन्द्रको औपचारिक सुरुवात फागुन २७ गते गर्ने तयारी छ । सेवा केन्द्रको मासिक करिव २५ हजार भाडा तिर्नु पर्नेछ । करिव १२ हजार शेयर सदस्य काठमाडौ उपत्यकामा रहेकाले कारोवारमा सहजता र ऋण असुलीमा सहजताका लागि राजधानीमा सेवा केन्द्र विस्तार गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

दोलखाका सहकारी संस्थाहरुले धमाधम काठमाडौंमा सेवा केन्द्र विस्तार गरी सेवा प्रवाह गर्न थालेका छन् ।जिल्लामा लामो समयदेखि सञ्चालित सहकारी संस्थाहरु एकपछि अर्को गर्दै धमाधम काठमाडौं प्रवेश गर्न थालेका हुन् । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका उप–रजिष्ट्रार टोलराज उपाध्यायले सहकारी संस्थाहरुले आफ्नो कार्यविधिमा सम्बन्धीत नियामक निकायबाट कार्यक्षेत्र स्विकृत गराएर मात्रै सहकारी संस्थाले बाहिरी जिल्लामा सेवा केन्द्र विस्तार गर्न पाउने बताउनुभयो । सहकारीमा निश्चित कार्यक्षेत्र तोकिएको अवस्थामा भने बाहिरी जिल्लामा सेवा केन्द्र विस्तार गर्न पाईने छैन ।

दोलखाको जिरीमा रहेको एकिकृत फ्रेन्डसिप साकोसले पनि काठमाडौं उपत्यकामा सेवा केन्द्र विस्तार गरी सेवा प्रवाह गरिरहेको छ । फागनु १ गतेबाट काठमाडौंको जडिबुटीमा सेवा केन्द्र सञ्चालनमा आएको एकिकृत फ्रेन्डसिप साकोसका व्यवस्थापक राम केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बेदविज्ञान उपभोक्ता सहकारी संस्थासंग एकिकरण गरेर फ्रेण्डसीप साकोस काठमाडौं प्रवेश गरेको हो । मासिक २० हजार भाडा तिर्नेगरी फागनु १ गतेबाट जडिबुटीमा सेवा केन्द्र विस्तार गरिएको साकोसले जनाएको छ । एकिकृत फ्रेण्डसीपको दोलखा, रामेछाप, सिन्धुपाल्चोक र काठमाडौं कार्यक्षेत्र भएकाले आफ्नो कार्यक्षेत्रभित्र रहेका शेयर सदस्यको सहजताका लागि जडिबुटीमा सेवाकेन्द्र विस्तार गरिएको साकोसले जनाएको छ ।

दोलखाका धेरै मानिस काठमाडौं बसोवास गर्न थालेकाले जिल्लामा सञ्चालित सहकारी संस्थाले काठमाडौंमा सेवा केन्द्र विस्तार गर्न थालेका हुन् । काठमाडौं उपत्यकाका तीन जिल्ला मध्ये सवैभन्दा बढी दोलखालीको बसोबास भक्तपुर जिल्लामा रहेको छ । काठमाडौंको पेप्सिकोला, काँडाघारी, मुलपानी क्षेत्रमा पनि दोलखालीको बाक्लो बस्ति रहेको छ । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका उप–रजिष्ट्रार टोलराज उपाध्यायले सहकारी संस्थाहरुले आफ्नो कार्यविधिमा सम्बन्धीत नियामक निकायबाट कार्यक्षेत्र स्विकृत गराएर मात्रै सहकारी संस्थाले बाहिरी जिल्लामा सेवा केन्द्र विस्तार गर्न पाउने बताउनुभयो ।

सहकारीमा निश्चित कार्यक्षेत्र तोकिएको अवस्थामा भने बाहिरी जिल्लामा सेवा केन्द्र विस्तार गर्न पाईने छैन । सहकारी एकिकरण गर्नका लागि एउटै प्रकृति वा विषयका संस्था हुनु पर्नेछ भने फरक विषय वा प्रकृतिका भएपनि मुलतः एकै विषयमा प्रतिश्पर्धा भएको हुनुपर्नेछ । कार्यक्षेत्र खप्टिएको वा जोडिएको तथा एकिककरण आवश्यकताको पहिचान भई माग भएका संस्था एकिकरण गरी कार्यक्षेत्र विस्तार गर्न सकिने छ ।