images
images

सरकार परिवर्तनको खबरसँगै सेयर बजारमा हरियाली, तेस्रो पटक सर्किट लाग्यो

  • २१ फाल्गुन २०८०, सोमबार १३:०७

काठमाडौँ । सरकार परिवर्तनको खबरसँगै सेयर बजारमा हरियाली छाएको छ ।

सेयर बजारमा आज तीव्र वृद्धिसँगै तेस्रोपटक सर्किट लागेको छ । सुरुमा १५ अंकले बढेको बजार केहीँ समयमा नै पहिलो सर्किट लागेको थियो भने पुनः ४ प्रतिशतमाथिले बढ्दै दोस्रो पटक सर्किट लागेर बन्द भएको थियो । लगत्तै खुलेको बजार एक मिनेट नहुँदै तेस्रो पटक सर्किट लागेर बन्द भएको छ । तेस्रो पटक सर्किट लागेसँगै पूरै दिनको कारोबार रद्द भएको छ । १९७६ अंकबाट शुरु भएको नेप्से सूचक १ सय १७ अंकले बढ्दै २०७८ अंकमा उक्लिएर बन्द भएको छ ।

६ प्रतिशतले बढेको सेयर बजारमा नयाँ राजनीतिक सत्ता समीकरणसँगै उत्साह देखिएको हो । यो सँगै आज ३ अर्ब ७५ करोड २० लाख ९९ हजार रुपैयाँ बराबरको ९ लाख ३४ हजार ९ सय १९ कित्ता सेयर बजारमा किनबेच भएको छ । २ सय ३२ कम्पनीको सेयर कारोबार भएकोमा आज दुईवटा कम्पनी बाहेक बाँकी २ सय ३० वटा कम्पनीको सेयर मूल्य बढेको छ ।