images
images

सरकारबाट बाहिरिने रास्वपाको निर्णय

  • २२ माघ २०७९, आईतवार १६:००

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
नागरिकता मुद्धामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः गृहमनत्री बनाउन अस्वीकार गरेपछि रास्वपाले सरकार छाड्ने निर्णय गरेको हो । रास्वपाको आज बसेको केन्द्रिय समिती बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको शिक्षामन्त्री शिशिर खनालले जानकारी दिनुभयो । मन्त्रीहरुलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय भएको छ । सरकारबाट बाहिरिने निर्णयपछि रास्वपाबाट मन्त्री बनेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की पनि फिर्ता हुने भएका छन् ।