images
images

अपर तामाकोशी हाइड्रो पावरमा लिलामी सेयर नपरेकाहरुको रकम फिर्ता हुँदै

  • २२ माघ २०८०, सोमबार १३:१६

काठमाडौँ । अपर तामाकोशी हाइड्रो पावर कम्पनीको लिलामी सेयर बाँडफाँडपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ ।

लिलामीमा सेयर भर्दा नपरेको रकम आजदेखि फिर्ता हुँदै जाने बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । आवेदकले लिलामी आवेदन फारममा उल्लेख गरेको बैँक खातामा नै क्लियरिङ हाउसको कनेक्ट आईपीएस मार्र्फत रकम फिर्ता पाउनेछन् । हाइड्रोपावरले पौष १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । अपर तामाकोशीको लिलामी सेयर भर्दा अर्बाै रकम जम्मा भएको छ ।

यसअघि कम्पनीले गत भदौ १८ गते असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर लिलामी प्रक्रियामार्फत् बिक्रीमा ल्याईएको हो ।