images
images

आगलागीमा परि एकै घरका दाजुबहिनीले गुमाए ज्यान

  • २२ माघ २०८०, सोमबार १७:२३

मुगु । मुगुमा आगलागी हुँदा एउटै घरका दाजु–बहिनीको मृत्यु भएको छ ।

जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आज विहान करिब १ बजे आगलागी हुँदा एकै घरका दुई बालबालिकाको मृत्यु भएको हो । स्थानीय लालु सञ्ज्यालको घरमा आगलागी हुँदा सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

लालु सञ्ज्यालको घरमा उनकी श्रीमती र दुुई छोराछोरी बस्दै आएका थिए । लालु कामका लागि भारत गएका छन् । लालुकी श्रीमतीले ताप्नका लागि बालेको आगो राति निभाउन भुल्दा आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ ।