images
images

आयोगद्धारा मंसिर २ गतेका लागि निर्वाचन मिति प्रस्ताव

  • २२ असार २०७९, बुधबार १७:०२

काठमाण्ठौ । निर्वाचन आयोगले आगामी मंसिर २ गतेका लागि प्रदेश र संघको निर्वाचनको मिति प्रस्ताव गरेको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहितको छलफलमा आयोगका पदाधिकारीले मंसिर २ गतेका लागि चुनावको मिति प्रस्ताव गरेका हुन् । आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री गोविन्द बन्दी, मुख्यसचिव शंकरदास बैरागी लगायत सहभागी थिए । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मंसिर २ गते शुक्रबारको मिति प्रस्ताव गरेको जानकारी दिनुभयो । बैठकमा १२० दिन अवधि हुने गरी निर्वाचनको मिति तोकिदिन आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । प्रधानमन्त्री देउवाले १२० दिनको समय अवधि हुने गरि निर्वाचनको मिति दिने जवाफ दिनुभएको थियो ।

प्रधानमन्त्री देउवाले एकै चरणमा निर्वाचन गर्ने सन्दर्भमा सहमति जनाएको थपलियाले प्रमुख आयुक्त थपलियाले बताउनुभयो । प्रधानमन्त्री देउवाले निर्वाचन आयोगलाई चुनावी तयारी थाल्न निर्देशन पनि दिएको निर्वाचन आयोगले जनाएको छ ।