images
images

भक्तपुरमा मोटरसाइकल दुर्घटना, सिन्धुपाल्चोकका बोहराको मृत्यु

  • २० कार्तिक २०७९, आईतवार ०९:३४

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका एक युवकको भक्तपुरमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

दुघटनामा परी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर २ का २७ वर्षिय पुण्यबहादुर बोहराको मृत्यु भएको हो । भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीनजिकै मोटरसाइकल दुर्घटनामा परी बोहरा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गएराती काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको प्रदेश ३ –०२–०१२ प ६३३५ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको हो । ठक्कर दिएर फरार रहेका चालकको खोजी भइरहेको प्रहरी वृत्त थिमीले जनाएको छ ।