images
images

तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, ७ किलो सुन बरामद

  • २० मंसिर २०८०, बुधबार ११:३०

काठमाडौं । प्रहरीले काठमाडौंको न्युरोडस्थित तस्करीको सुन गाल्ने कारखानामा छापा मारेर ७ किलो सुन बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा सञ्चालित ओम्पाल गोल्ड शपमा छापा मारेर ७ किलो सुन सहित एक जनालाई पक्राउ गरेको हो । कारखाना सञ्चालक कैलालीका पदम पाण्डेलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । प्रहरी स्रोतका अनुसार अनुमानित ७ किलो सुन प्रक्रिया पु¥याएर तौल लिने काम भइरहेको छ ।

बरामद भएका सुनमध्ये केही विस्कुट आकार र केही गहना बनाइसकेको अवस्थामा फेला परेको छ । तस्करीको सुन गाल्ने कारखाना सञ्चालक पाण्डेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।