images
images

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण

  • २३ पुष २०७८, शुक्रबार ०७:२९

काठमाडौं । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक २४ वटा नमुनाकोे जिन सिक्वेन्सिङ गरिएकोमा सबै नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पुस महिनामा संकलित कोरोना भाईरसका ११ सय ४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २ सय ५० वटामा एस जिन नेगेटिभ आएको थियो । एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएकोमा सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।