images
images

त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ

  • २२ मंसिर २०८०, शुक्रबार ०७:४५

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दका अनुसार फ्लाई दुबईबाट आएका गोरखाको बारपाकका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको हो । उनको साथबाट ७ वटा सुनको विस्कुट बरामद गरिएको छ । सुन सहित उनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार चन्द्र घलेलाई सुन ल्याउन लगाउने मिन घलेलाई पनि धुम्बाराहीबाट पक्राउ गरिएको छ ।

विशेष सूचनामा आधारमा खटिएको विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ ।  दुई दिनअघि प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले तस्करीको सुन राखेको आशंकामा न्युरोडको सुन पसलमा छापा मारेर ८ किलो सुन बरामद गरेको थियो ।