images
images

शेयर कारोवारः ५३ दिनपछि ७३ अंकले बढ्यो, ७ अर्वको कारोवार

  • २५ पुष २०७८, आईतवार ०९:५८

काठमाडौं । साताको पहिलो दिन आज शेयर कारोबार मापक नेप्से परिसुचक ७३ अंक भन्दा बढीले बढेको छ ।

आज कारोबार खुला भएसँगै बढ्नेक्रम सुरु भएको नेप्से परिसुचक ७३ दशमलव ०१ अंकले बढेर २ हजार ७ सय ६५ दशमलव ४७८ अंकमा पुगेको हो । ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १३ दशलमव २१ अंकले बढेको छ । आज कारोबार रकम पनि ७ अर्ब नाघेको छ । दिनभर भएका ८२ हजार ११३ करोबारबाट २३९ कम्पनीका १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५ सय ९१ रुपैँया पुगेको छ ।