images
images

राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता पौडेल निर्वाचित

  • २५ फाल्गुन २०७९, बिहीबार १६:५५

काठमाडौं । मुलुकले नयाँ राष्ट्रपति पाएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तेस्रो राष्ट्रपतिको रुपमा निर्वाचित हुनुभएको हो ।

उहाँ एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । आज संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा नेम्वाङले १५ हजार ५१८ मत भार प्राप्त गर्नुभएको थियो । पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाउनुभएको छ । पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको मत पाउनुभएको छ ।

अर्का उम्मेदवार एमालेका नेम्वाङले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएको निर्वाचन कार्यालय स्रोतले जनाएको छ । निर्वाचन कार्यालयले भने आधिकारिक नतिजा सार्वजनिक गर्न बाँकी छ । संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।