images
images

मालपोत कार्यालय दोलखामा ६ करोड ६६ लाख राजस्व संकलन, स्थानीय तहले पाए ३ करोड ६३ लाख

  • २४ श्रावण २०७९, मंगलवार १५:०६

दोलखा । दोलखाका स्थानीय तहले गत आर्थिक बर्ष मालपोत राजस्व वापत ३ करोड ६३ लाख बढी रकम पाएका छन् ।

जिल्लाका ९ स्थानीय तहले गत आर्थिक बर्ष २०७८/०७९ मा मालपोत राजस्व वापत ३ करोड ६३ लाख ७७ हजार २ सय ९७ रुपैयाँ पाएका हुन् । गत बर्ष मालपोत राजस्व वापत दोलखाको भीमेश्वर नगरपालिकाले सबैभन्दा बढी १ करोड ७० लाख १४ हजार १६ रुपैयाँ र मेलुङ गाउँपालिकाले सबैभन्दा कम ९ लाख ६० हजार ३ सय ७४ रुपैयाँ पाएको हो । यस्तै, जिरी नगरपालिकाले ३३ लाख २७ हजार १ सय ९१ रुपैयाँ पाएको छ भने बैतेश्वर गाउँपालिकाले ३२ लाख २० हजार ५ सय ३३ रुपैयाँ पाएको मालपोत कार्यालय दोलखाका सूचना अधिकारी गौरी कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार मालपोत राजस्व वापत तामाकोशीले २१ लाख ९० हजार ४ सय ४ रुपैयाँ, शैलुङ गाउँपालिकाले २१ लाख ५७ हजार ६ सय ४६ रुपैयाँ, कालिञ्चोक गाउँपालिकाले १४ लाख १७ हजार ५ सय २ रुपैयाँ विगु गाउँपालिकाले ३१ लाख ३ हजार ७ सय ७० रुपैयाँ र गौरीशंकरले २९ लाख ८५ हजार ८ सय ६२ रुपैयाँ पाएको छ ।

दोलखाका स्थानीय तहले गत आर्थिक बर्ष मालपोत राजस्व वापत ३ करोड ६३ लाख बढी रकम पाएका छन् । गत बर्ष मालपोत राजस्व वापत दोलखाको भीमेश्वर नगरपालिकाले सबैभन्दा बढी १ करोड ७० लाख १४ हजार १६ रुपैयाँ र मेलुङ गाउँपालिकाले सबैभन्दा कम ९ लाख ६० हजार ३ सय ७४ रुपैयाँ पाएको हो । 

दोलखाका स्थानीय सरकारले जग्गा रजिष्ट्रेशन शुल्क, रोक्का दस्तुर, सेवा शुल्क लगायतका शिर्षकमा उठेको मालपोत राजस्व वापतको सो रकम चार किस्तामा पाएका हुन् । मालपोत कार्यालयमा स्थानीय सरकारबाट भएको जग्गाको रजिस्ट्रेशन पास तथा जग्गा सम्वन्धि कारोवारको आधारमा राजस्व रकम जाने गरेको मालपोत कार्यालय दोलखाका प्रमुख धनकुमार तमाङले जानकारी दिनुभयो ।

कार्यालयमा संकलन भएको राजस्व स्थानीय सरकारमा ६० प्रतिशत र प्रदेश सरकारमा ४० प्रतिशतका दरले जाने गरेको छ । मालपोत कार्यालयमा गत वर्ष ६ करोड ६६ लाख १ हजार २ सय ६० रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसमध्ये बागमती प्रदेश सरकारलाई २ करोड ४२ लाख ५१ हजार ५ सय ३१ रुपैयाँ गएको थियो ।