images
images

मेलम्चीको पानी तेस्रो पटक काठमाडौं उपत्यकाबासीको धारामा

  • २३ मंसिर २०७९, शुक्रबार ०८:४३

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले काठमाण्डौ उपत्यकामा आजदेखि पुनः पानी वितरण गर्ने भएको छ ।

आजदेखि मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा पुग्न लागेको हो । खानेपानीमन्त्री उमाकान्त चौधरीले महाँकालमा रहेको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी वितरण सुरु गर्ने कार्यक्रम रहेको छ । सुन्दरीजल प्रशोधन केन्द्रबाट हिजो काठमाण्डौ भण्डार केन्द्रका लागि पानी छोडिएको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो । यो पटक लगातार कम्तीमा ६ महिना पानी वितरण गरिने आयोजनाले जनाएको छ ।

यसअघि २०७७ सालमा चैतमा पहिलो पटक मेलम्चीको पानी अस्थायी रूपमा काठमाण्डौ लगिएको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूएल) का अनुसार उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग रहेको छ । मेलम्चीको पानीले करिब ४० प्रतिशत पानी आपूर्ति गर्नेछ ।