images
images

माघ १५ गतेसम्म बिद्यालय बन्द गर्ने सरकारको निर्णय

  • २६ पुष २०७८, सोमबार ०६:३०

काठमाण्डौं । सरकारले माघ १५ गतेसम्म बिद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म बिद्यालय बन्द गर्ने निर्णय गरेको हो । हिजो बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिस वमोजिम बिद्यालय बन्दको निर्णय गरिएको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दिपक शर्माले जानकारी दिनुभयो ।