images
images

स्थानिय तहको निर्वाचन नगरी कर्मचारीबाट चलाउने षड्यन्त्र भइरहेको ओलीको आरोप

  • २६ पुष २०७८, सोमबार ११:३०

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानिय तहलाई जनप्रतिनिधि विहिन बनाएर कर्मचारी मार्फत चलाउने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

संखुवासभामा आज आयोजित नेकपा एमालेको जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले स्थानिय निर्वाचन सम्बन्धी ऐनमा पहिलो पटक निर्वाचन भएको मितिको दुई महिना अगाडी नै नेतृत्व चयन हुनुपर्ने भएपनि त्यसको तयारी नभएको बताउनुभयो । ओलीले २०७४ सालमा स्थानिय तहको पहिलो चरणको निर्वाचन वैशाखमा सम्पन्न भएकाले फागुनमा नै अहिले निर्वाचन हुनुपर्ने उल्लेख गर्नुभयो । चरण-चरणमा निर्वाचन भए पनि पहिलो चरणमा भएको मितीले दुई महिना अगाडी नै निर्वाचन हुनुपर्ने अध्यक्ष ओलीको भनाई छ । २०७४ सालको निर्वाचनको समय मानेर दुई महिना अगाडी निर्वाचन गरिसक्नुपर्ने छ । तर फागुनमा निर्वाचन गर्ने कुनै सम्भावना छैन ।

विगतमा पनि सरकारले स्थानिय तहलाई जनप्रतिनिधि विहिन बनाएर कर्मचारीमार्फत चलाएको स्मरण गर्दै अहिले त्यस्तै षड्यन्त्र भइरहेको बताउनुभयो । एमालेले काम गर्न नसकेर सरकारबाट बाहिरिएको नभई दुनियाँ हल्लाउने गरी काम भएपछि ढालिएको अध्यक्ष ओलीले बताउनुभयो ।