images
images

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

  • २६ पुष २०७९, मंगलवार ०६:११

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिनुहुने भएको छ ।

आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने समय तोकिएको हो । ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले विश्वासको मत लिने सम्बन्धी सूचना हिजोको बैठकमा जानकारी गराउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएको र नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार सो विषय बैठकको कार्यसूचीमा समावेश गर्न आग्रह गर्नुभएको थियो । सोही अनुसार कार्यसूची तय भएको छ । गत पुस १० गते कांग्रेससँगको गठबन्धन तोड्दै एमालेसँगको गठबन्धनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनभएको थियो