images
images

पैसा नभएको ८० लाखको चेक दिएर फरार काभ्रेपलाञ्चोककी महिला पक्राउ

  • २७ चैत्र २०७८, आईतवार १५:२१

काभ्रेपलाञ्चोक । बैंकिङ कसूर मुद्धामा फरार रहेकी काभ्रेपलाञ्चोककी एक महिला पक्राउ परेकी छिन् ।

प्रहरीले पनौती नगरपालिका ८ की ४० वर्षीया लक्ष्मी कार्कीलाई पक्राउ गरेको हो । कार्कीले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानी जानी पीडितलाई ८० लाख रूपैयाँको चेक काटरे दिएपछि फरार भएकी थिइन् । त्यसपछि खोजी कार्य गर्ने क्रममा उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको सहयोगमा पनौती नगरपालिका ८ बाट पक्राउ गरेको हो ।

पक्राउ परेकी महिलामाथि उच्च अदालत पाटन ललितपुरबाट ७ दिन म्याद अनुमति लिई महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।