images
images

जीडीपीमा माथिल्लो तामाकोशीबाट उत्पादित विद्युतको बलियो प्रभाव

  • २७ बैशाख २०८०, बुधबार ०७:४०

दोलखा । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेपछि कुल गार्हस्थ उत्पादनमा जलविद्युत क्षेत्रको प्रभाव बढ्न थालेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीले व्यवसायिक उत्पादन सुरु गरेपछि जीडीपीमा जलविद्युत क्षेत्रको प्रभाव बढन थालेको बताएको छ । राष्ट्रिय गौरव आयोजनाहरुको सूचीमा समेटिएको माथिल्लो तामाकोशीले २०७८ साल असार २१ गतेदेखि उत्पादन सुरु गरेको थियो । यो आयोजनाबाट विजुली उत्पादन सुरु भएपछि नेपालको वर्षायामको माग धानेर बिजुली भारततर्फ निर्यात समेत गर्ने गरिएको छ । तामाकोशीसँगै अन्य आयोजनाहरुबाट समेत विद्युत उत्पादन सुरु भएपछि गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको कुल जडित क्षमता २ हजार मेगावाट आसपास पुगेको छ । गत आर्थिक वर्षमा जलविद्युत क्षेत्रको बृद्धिदर ५३ दशलमव ३५ प्रतिशत थियो ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जीडिपीको तथ्यांकमा १८ वटा क्षेत्र छन् । त्यसमध्ये गत वर्ष जलविद्युत क्षेत्रको बृद्धिदर सबैभन्दा बढी देखिएको हो । माथिल्लो तामाकोशी सहित अन्य आयोजनाहरुले पनि विद्युत उत्पादन गर्न थालेपछि नेपाल एक वर्षमा कम्तीमा ७/८ महिना विजुलीमा आत्मनिर्भर बन्न थालेको छ भने खेर जाने विजुली भारतमा निर्यात पनि गरिरहेको छ ।