images
images

घरमा लागेको आगो निभाउने क्रममा जलेर तीन जनाको मृत्यु, एक जना गम्भीर घाईते

  • २७ बैशाख २०८०, बुधबार ०८:४९

काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

भूमिकास्थान नगरपालिका २ का पदम बेल्वासेको घरमा लागेको आगो निभाउने क्रममा जलेर बेल्वासे सहित स्थानीय पिताम्बर वेल्वासे र घनश्याम वेल्वासेको मृत्यु भएको हो । हिजो दिउँसो भूमिकास्थान २ तिरतिरे खोलागाउँका बेल्वासेको घरमा आगो निभाउने क्रममा पाँच जना घाईते भएका थिए । जलेर गम्भिर घाईते भएका तीन जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागबिाट जलेर स्थानीय माधव बेल्वासे गम्भिर घाईते भएका छन् ।

उनलाई मिसन अस्पताल पाल्पामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको अर्घाखाँचीका डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।

फाइल तस्विरः