images
images

नेपालीको मृत्युमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

  • २३ आश्विन २०८०, मंगलवार ०७:५०

काठमाडौँ । इजरायलमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको दुःखमा सरकारले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले आज एक दिन राष्ट्रिय शोकको घोषणा गरेको थियो । आज देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाइने छ । शनिवार प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी १० जना नेपालीको इजरायलमा मृत्यु भएको थियो ।

सरकारले मृतकहरुको शव  यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल गर्ने निर्णय गरेको छ । यस्तै मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि भएको छ ।