images
images

युएईको बाढीमा नेपालीको मृत्यु

  • ६ बैशाख २०८१, बिहीबार १८:४५

युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु भएको छ ।

युनाइटेड अरब इमिरेट्समा आएको बाढीमा परेर भरतपुरका मोहन पुनको मृत्यु भएको हो । युएईको शारजाहबाट अजमान जाने बाटोमा रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । उनले बेल क्याफे रेष्टुरेन्टमा काम गर्ने गरेको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार युएईमा तीन दिनदेखि परेको बर्षाका कारण बाढी आइरहेको छ । बाढीका कारण युएईका सरकारी कार्यालय बन्द रहेको दूतावासले जनाएको छ ।