images
images

विदेशको संघर्षको कथा र आत्महत्याको कमजोर बाटो

  • ६ भाद्र २०८०, बुधबार १७:४२

अध्ययन र रोजगारीको शिलशिलामा लाखौं नेपालीहरु विदेशमा हुनुहुन्छ । हामी जस्तै वर्षौदेखि विदेशमा रहेर मेहेनत र परिश्रम गर्नेहरुको संख्या पनि कम छैन । नेपालीहरु विदेशीने क्रम जति बढ्दो छ, विदेशीएका नेपालीहरुको कहाली लाग्दो संघर्षको कथा र कतिपयले जिन्दगीवाटै हार खाएर आफ्नै आत्मालाई अन्त्य गरेका दर्दनाक घटनाहरु पनि छन् । पछिल्ला केही बर्षहरुमा विदेशमा रहेका नेपालीहरुले आत्महत्या गर्ने क्रम बढिरहेको छ ।

यस्तै, अविस्मरणीय कथाकी पात्र बनिन्, दोलखाकी बहिनी रबिना बुढाथोकी । अध्ययनकालागि जापान पुगेकी रबिनाले रोजेको आत्महत्याको बाटोले उनको आत्मालाई त शान्ति दियो होला । तर, उनको परिवार, आफन्तजन र हामी जपानमा रहेका लाखौं नेपालीहरुको मन रुवाएको छ । उनको मृत्युले जपानलाई नैं कोलाहल बनाई दिएको छ । हामी स्तव्ध छौं, निकै दुःखी र भावव्हिल भएका छौं ।

संघर्ष कहाँ कसले गरेको छैन होला र ? हामीले गरेको दुःख र संघर्षलाई, हाम्रा हाँसो र खुशीलाई बाँड्न सक्नु पर्छ । अनि मात्र जिन्दगी जीउनुको अर्थ हुन्छ । हरेक व्यक्ति स्वयंले होस् या हरेक परिवारले होस् । परिवारका हरेक सदस्यको संघर्ष, दुःख अनि फजुल उमंग सवैलाई निलाल्न र बुझ्न सक्नु पर्छ । विदेशमा दाजुभाई, दिदिवहिनी, छोराछोरीले बगाएका हरेक पसिना र दुःखलाई नेपालमा रहने परिवारजनले कदर गर्न जरुरी छ । उनीहरुले विदेशमा दुःख गरेर कमाएको एकएक पैसालाई घरायसी खर्चमा प्रयोग गर्न आवस्यक भएको बाहेक बाँकी रकम उसको दुःखको मुल्यांकन गर्दै भबिष्यकालागि केही अचल सम्पतिमा लगानी गरिदिनु पर्छ । हरेक परिवारका अभिभावकहरुको यो कर्तव्य पनि हो ।

विदेशमा दाजुभाई, दिदिवहिनी, छोराछोरीले बगाएका हरेक पसिना र दुःखलाई नेपालमा रहने परिवारजनले कदर गर्न जरुरी छ । विदेशवाट आउने रकमलाई परिवारजनले सहि ठाउँमा लगानी गरिदिनु पर्छ । आज २५ हजार लगानी गर्दा फर्किदा कम्तिमा १ लाख बन्यो भन्ने बल्ल परदेशी स्वदेशी भूमिमा फर्किएर खुशि र आनन्दित बन्न सक्छ । हैन भने, वर्षौं विदेशमा दुःख गरेर जिन्दगीको उर्जाशील समय बिताएर फर्किदा उसको भागमा आफुले गुडाएर ल्याएको लगेज र ढल्कदो जीवन मात्र बाँकी रहने छ ।

२० बर्षदेखि परदेशमा समय बिताएका, परिवारवाट टाढा भएर एक्लोपनमा बसेकाहरु, चाडपर्व समेत मनाउन नपाएकाहरुको नमिठो धुन परिवारले सुन्न र बुझ्न सक्नु पर्दछ । विदेशमा बस्नेहरुले आफ्नो भाई बहिनी, छोराछोरीहरुको अध्ययनकालागि गरेको लगानीको कदर गरी ति भाईवहिनी र छोराछोरीहरुलाई पनि विदेशमा भएका अग्रजको भूमिका र योगदानको अर्थ बुझाउन जरुरी छ । यसवाट उनीहरुलाई पनि संघर्ष गर्ने ज्ञान बढ्ने छ । अभिभावकको श्रमको पसिनाको समुचित प्रयोग गर्न प्रेरणा मिल्ने छ । मोवाईल, आईफोन, ल्यापटप डिमाण्ड गरेर पर्स र पकेट फुलाएर मात्र हिड्ने हैन, १/२ लाखको मोवाईलको उपयोग र त्यसको लाभ बुझेर मात्र यस्ता सामान मगाउनु पर्छ । परदेशमा बस्नेहरु घरका सदस्यको खुशी र हाँसोको अनुहार फोनमै भएपनि हेर्नकालागि कति रात ननिदाई बसेका हुन्छन् । विदेशवाट पठाउने मोवाईल वा अन्य सामानहरु परिवारको यहि खुशीकालागि हो ।

परदेशीको यो माया र परिवारप्रतिको चिन्तालाई मनैदेखि मनन् गर्न आवश्यक छ । विदेशी भूमिमा पसिनाको धारा चुहाएर कमाएको पैसा घर खर्चमा सिमित गर्न हुन्न । विदेशवाट पठाएको पैसा आवश्यक भएमा मात्रै खर्च गरेर बाँकी चाँहि अचल सम्पतिमा लगानी गरियोस् । किनकी उ विदेशवाट फर्किएर आउँदा आफ्नो पसिनाले कमाएको पैसाले जोडेको सम्पति छुन सकोस्, देख्न सकोस् । हैन भने परदेशीको ढाड कुप्रो पर्दासम्म उसले कमाएको रकम आईफोन, ल्यापटप, गेयर वाला साईकल, ब्राण्डेड पोशाक, व्याग लगायत अन्य सौखका सामानहरु खरिद गर्ने र मोजमस्तीमै उडाउने हो भने विदेशी कमाई स्वदेश पुग्दा माटोमा मिलिसकेको हुनेछ ।

परदेशी भूमिको दुःखलाई परिवारका सदस्यले आत्मसाथ गर्न जरुरी छ । जवसम्म विदेशी कमाईलाई रचनात्मक ठाउँमा लगानी गर्न सकिन्न र फजुल खर्चमा उडाईन्छ भने ढल्किदो उमेरमा स्वदेश फर्किदा उसको केही बाँकी रहने छैन । विदेशवाट आउने रकमलाई परिवारजनले सहि ठाउँमा लगानी गरिदिनु पर्छ । आज २५ हजार लगानी गर्दा फर्किदा कम्तिमा १ लाख बन्यो भन्ने बल्ल परदेशी स्वदेशी भूमिमा फर्किएर खुशि र आनन्दित बन्न सक्छ । हैन भने, वर्षौं विदेशमा दुःख गरेर जिन्दगीको उर्जाशील समय बिताएर फर्किदा उसको भागमा आफुले गुडाएर ल्याएको लगेज र ढल्कदो जीवन मात्र बाँकी रहने छ । यी र यस्तै घटनाले पनि परदेशमा आत्महत्याका घटना घटिरहेका छन् ।

विदेशी भूमिको दुःख र संघर्षको कथा झन गहिरो छ । कडा परिश्रम र मेहेनत चाँहि अनिवार्य शर्त हो । विदेशमा एउटा पाखुरा अड्याउन पाए निदाउने थिए भन्दै पर्खिरहेका हुन्छन्, मिठा सपनाहरु । हो, यो दुःख र संघर्षको कल्पना नगरी अरुको देखासेखीको भरमा आउनेहरु चाँहि विदेशमा डिप्रेशनमा पर्ने गरेका छन् । एउटा ठूलो सपना साँचेर अभिभावकले छोराछोरीलाई विदेश पठाए पनि उनीहरु अभिभावकको सपनालाई लत्याएर आफुखुशी चल्न खोज्दा पनि दुर्घटना हुने गरेका छन् । स्वतन्त्रताका नाममा आफ्ना बुबाआमाको सपना र संघर्षलाई बिर्सिएर बाटो बिराउँनेहरु पनि आत्महत्याको शिकार बनिरहेका छन् ।

हाम्रो समाज र परिवार आजकाल देखासेखीमा चल्न थालेको छ । फलनाका छोराछोरी विदेश गएर काठमाडौंमा घर घडेरी जोडे । आलिसान महल बनाए । गाडि चढेर हिडेका छन् । तिमीले किन केही गर्न सकेनौं ? फलानोले त्यहि देशमा गएर कत्रो प्रगती गरिसक्यो । तिमी चाँहि त्यहि देशमा गएर के हेरिरहेका छौं ? यी र यस्ता वातावरणले पनि अध्ययन र रोजगारीको शिलशिलामा परदेश पुगेर विदेशी भूमिमा पसिना चुहाईरहेकाहरुले आत्महत्याको बाटो रोज्न बाध्य हुने गरेका छन् ।

विदेशी भूमिमा सोचे र कल्पना गरे जस्तो कहाँ हुन्छ र ? मानिसहरुलाई लाग्छ, अमेरिका, युरोप, अष्ट्रेलिया, जापान, कोरिया लगायतका देशमा जानासाथ भबिष्य कायापलट हुन्छ । पैसा यतिकै फल्छ । रातारात करोडपति बनिन्छ । तर, सत्य यस्तो होईन । विदेशी भूमिको दुःख र संघर्षको कथा झन गहिरो छ । फरक यति हो, बेरोजगारीले जेलिएको स्वदेश भन्दा राम्रो देशमा जाँदा पसिनाको कमाई पनि राम्रै हुन्छ । कडा परिश्रम र मेहेनत चाँहि अनिवार्य शर्त हो । विदेशमा एउटा पाखुरा अड्याउन पाए निदाउने थिए भन्दै पर्खिरहेका हुन्छन्, मिठा पनाहरु । हो, यो दुःख र संघर्षको कल्पना नगरी अरुको देखासेखीको भरमा आउनेहरु चाँहि विदेशमा डिप्रेशनमा पर्ने गरेका छन् ।

हामी हाम्रो परिवारको निकै ठूलो लगानी र योगदानपछि विदेश आउने गरेका छौं । जपानमा अध्ययन गर्न आउने बिद्यार्थीकै लागि पनि बुबाआमाले लाखौं खर्च गरिरहेका छन् । निम्न मध्यमवर्गीय परिवारले त सो रकम वैंक वा सहकारीवाट कर्जा लिएर छोराछोरीलाई अध्ययनकालागि विदेश पठाउने हुन् । एउटा ठूलो सपना साँचेर अभिभावकले छोराछोरीलाई विदेश पठाए पनि उनीहरु अभिभावकको सपनालाई लत्याएर आफुखुशी चल्न खोज्दा पनि दुर्घटना हुने गरेका छन् । स्वतन्त्रताका नाममा आफ्ना बुबाआमाको सपना र संघर्षलाई बिर्सिएर बाटो बिराउँनेहरु पनि आत्महत्याको शिकार बनिरहेका छन् ।

अन्त्यमा, आफ्नो लागि मात्र होईन । आफ्नो परिवार, आफन्तजन र संसारकालागि बाँचौं । परिवारकालागि बाँचौं, समाजकालागि बाँचौं, आत्मियता र एकता गर्न सिकौं । मानव जीवन मृत्यु निश्चित छ । त्यसैले, जोश र जाँगरसहित पछिल्लो पुस्तालाई प्रेरणा दिएर बाँच्न सिकौं ।

(दोलखाको गैरीमुदी घर भएकी लेखक घिमिरे विगत १० वर्षदेखि जापानको टोकियोमा हुनुहुन्छ ।)