images
images

माओवादी केन्द्रका महासचिव सहितको जम्वो टिम विमान चढेर चिन यात्रामा

  • ५ बैशाख २०८१, बुधबार १७:३३

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव सहितको जम्वो टोली चिन भ्रमणमा गएको छ ।

माओवादी केन्द्रका महासचिव देव गुङको नेतृत्वमा २४ जनाको जम्वो टोली आज चिन भ्रमणमा निस्किएको हो । दुई दर्जन नेताको टोली आज बिहान र दिउँसो गरि दुई वटा उडानबाट चिनको सिचुआन प्रस्थान गरेका छन् । सिचुवान एअरलाईन्सको उडानबाट १५ जना र एअर चाईनाको उडानबाट ९ जनाको टोली चिन यात्रामा गएका हुन् ।

दुई दर्जन नेताको टोली आज बिहान र दिउँसो गरि दुई वटा उडानबाट चिनको सिचुआन प्रस्थान गरेका छन् । चिनिया कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणमा विदेश गएका नेताहरुको टोली बैशाख १५ गतेसम्म चिनमा रहनेछ ।

महासचिव गुरुङ सहित अमृता थापा, परशुराम तामाङ, कमला रोका अगष्तराज अधिकारी, विकास ढकाल, देवकी कार्की र विमला केसी सिचुआन एअरलाईन्सको उडानमा चिन गएका छन् । यसैगरी जगत बिएस, गीता गहतराज, ईश्वरचन्द्र ज्ञवाली, गायत्री गुरुङ, दिपेन्द्र रोकाया, गणेश शाही र देवेन्द्रकुमार यादव पनि सोही उडानमा रहेका छन् । कृष्णकुमार अधिकारी, ओमनाथ ढुंगाना, प्रतिक कार्की, प्रकाशचन्द्र पाण्डे, राजन पौडेल, रोशन रिमाल, मणिकुमार साम्पाङ, रुपा महर्जन श्रेष्ठ र सावित्राकुमारी शर्मा भने एअर चाईनाको उडानमा चिन गएका छन् । चिनिया कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणमा विदेश गएका नेताहरुको टोली बैशाख १५ गतेसम्म चिनमा रहनेछ ।

महासचिव गुरुङ नेतृत्वको टोली वेईजिङ, माओको जन्मथलो हुनान, क्वेईचौ, खुन्मिङ हुँदै नेपाल फर्किने कार्यक्रम रहेको छ ।