images
images

गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार, जनरल वार्डमा सारियो

  • ३ कार्तिक २०८०, शुक्रबार ११:४६

काठमाडौं । बेइजिङ भ्रमणको क्रममा हृदयाघात भइ पेकिङ्ग युनियन अस्पतालमा उपचाररत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारिएको छ ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठका अनुसार स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारिएको हो।  बुधबार राति हृदयाघात (हर्ट अट्याक) भएपछि गृहमन्त्री श्रेष्ठलाई बेइजिङस्थित इन्टरनेसनल मेडिकल साइन्सेज हस्पिटलमा भर्ना गरिएको थियो। उहाँको मुटुको शल्यक्रिया सफल भएको चिकित्सकले बताएका छन्।

बीआरआईको कार्यक्रमका लागि बेइजिङमा रहेका श्रेष्ठलाई गत बुधबार दिउँसोदेखि नै असहज भएको थियो  । बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखेपछि अस्पताल लगिएको थियो । अस्पतालमा उहाँको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकातर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको थियो ।