images
images

निर्वाचन आयोगले समानुपातिकतर्फ सांसदको नाम पठाउन दिएको समय आज सकिँदै

  • २४ मंसिर २०७९, शनिबार ०८:१८

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकबाट सांसद हुनेको नाम बुझाउन दलहरुलाई आजसम्मको समय दिएको छ ।

दिउँसो ४ बजेसम्म समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा पठाइसक्नुपर्ने भएकाले दलहरु आन्तरिक कसरतमा जुटेका छन् । जसअनुसार नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जसपा र राप्रपाको आन्तरिक बैठक आज बस्ने भएको छ । कांग्रेसको केन्द्रिय कार्यसम्पादन समिति बैठक दिउँसो १ बजेपछि बस्नेछ भने नेकपा एमालेको सचिवालय बैठक र माओवादी केन्द्रको पदाधिकारी बैठक आज दिउँसो बस्दैछ ।

निर्वाचन आयोगले नेपाली कांग्रेसलाई २९ जना महिला र तीन जना पुरुष सांसद पठाउन भनेको छ भने एमालेले समानुपातिकमा ३४ सिट पाएकोमा १५ जना पुरुष र बाँकी महिला सांसद पठाउनुपर्नेछ । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ संघमा १४ सिट र प्रदेशमा २९ सिट पाएको छ । निर्वाचन आयोगले समानुपातिकतर्फ सांसदको नाम टुंग्याउन आजसम्मको समय दिएको छ । दलहरुले ३३ प्रतिशत महिला तथा अपांगता भएका व्यक्ति, अल्पसंख्यक र पिछडिएको क्षेत्र समेतको प्रतिनिधित्व हुनेगरी समावेशी समुह अनुसार बन्दसुची नाम माग गरेको हो ।