images
images

कोभिडका कारण १२ वर्षमा लाग्ने मकर मेला स्थगित

  • २८ पुष २०७८, बुधबार ०७:४३

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती स्थित त्रिवेणीघाटमा प्रत्येक १२ बर्षमा लाग्ने मकर मेला स्थगित गरिएको छ ।
कोरोनाको संक्रमणदर बढ्दै गएपछि मेलाका रुपमा सञ्चालन नगर्ने निर्णय गरिएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले जनाएको छ । यद्यपि समितिले २५ जनाभन्दा कम तथा भीडभाड नहुने गरी स्वास्थ्य सम्बन्धी सुरक्षा मापदण्ड अपनाएर मकर स्नान गर्न भने छुट दिएको छ । माघ १ देखि लाग्ने मेलामा देश, बिदेशबाट १ लाखभन्दा बढी भक्तजन दर्शनका लागि आउने अनुमान गरिएको थियो । पद्यमावती, लीलावती र रुद्रावतीको संगम त्रिवेणीघाटमा स्नान गरे सम्पूर्ण पाप मोक्ष हुने जनबिश्वास रहिआएको छ ।