images
images

पाँचपोखरी र जट्टापोखरीमा कोरोना महामारीपछि आज भव्य मेला लाग्दै (फोटो फिचरसहित)

जिरी (दोलखा) । दोलखा र रामेछापको सिमानामा रहेको पाँचपोखरी र जट्टापोखरीमा आज भव्य मेला लाग्दैछ ।

प्रख्यात धार्मिक स्थलको रुपमा रहेको पाँचपोखरी र जट्टापोखरीमा पछिल्लो दुई वर्ष कोरोना माहामारीका कारण मेला प्रभावित भएपनि यो वर्ष भने धुमधाम लाग्ने भएको हो । त्यहाँ विगतदेखि वर्षेनी जनैपूर्णिमाका दिन भव्य मेला लाग्दै आएकोमा कोरोनाका कारण दुई वर्ष कम दर्शनार्थी र पर्यटक पुगेका थिए । जनपुर्णिमाको दिन मेलामा ५ हजार भन्दा बढीको संख्यामा दर्शनार्थि र पर्यटकहरु पुग्ने गरेपनि जट्टापोखरी र पाँचखोखरीमा एक साता अघिदेखिनै मानिसहरु पुग्ने गरेका छन् । यो वर्ष पनि आज जनैपूर्णिमाको दिन धार्मिक एवम् पर्यटकीय स्थल पाँचपोखरी र जट्टापोखरीमा भव्य मेला लाग्दै छ । तर, एक साता अघिदेखिनै धमाधम पर्यटक तथा दर्शनार्थी त्यहाँ पुगेका छन् । पछिल्लो केहीदिन यता पाँचपोखरी र जट्टापोखरी जानेको लर्काे ठूलो छ ।

जट्टापोखरी दोलखा र रामेछापको सिमाना भएर बग्ने खिम्ती खोला पार गरेपछि पुग्न सकिन्छ । सो स्थान पुग्न रामेछापको गोकुलगंगा गाउँपालिकास्थित रस्नालु, शिवायल र गर्जाङ हुँदै तथा दोलखाको जिरी माली हुँदै जान सकिन्छ । उच्च पहाडी क्षेत्रमा रहेको रमणीय प्रकृतिसँग पर्यटक र दर्शनार्थी रमाउँदै सो स्थानमा पुग्न सक्छन् । पैदल यात्राका क्रममा उच्च पहाडी क्षेत्रको हावापानी, वनस्पती, जडीबुटी र छाँगा छहराहरुले यात्रीहरुको मन आनन्दित बनाउँछ ।

प्रख्यात धार्मिक स्थलको रुपमा रहेको पाँचपोखरी र जट्टापोखरीमा पछिल्लो दुई वर्ष कोरोना माहामारीका कारण मेला प्रभावित भएपनि यो वर्ष भने भव्य मेला लाग्दैछ ।जट्टापोखरी दोलखा र रामेछापको सिमाना भएर बग्ने खिम्ती खोला पार गरेपछि पुग्न सकिन्छ । सो स्थान पुग्न रामेछापको गोकुलगंगा गाउँपालिकास्थित रस्नालु, शिवायल र गर्जाङ हुँदै तथा दोलखाको जिरी माली हुँदै जान सकिन्छ ।

प्रत्येक वर्ष जनैपूर्णिमाको दिन पाँचपोखरी र जट्टापोखरी मेला लाग्ने गर्दछ । मेला भर्नका लागि जनैपूर्णिमा अर्थात आजको दिन रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, ओखलढुंगा, सोलखुम्बु, भक्तपुर, काठमाण्डौं र तराई क्षेत्रका जिल्लाहरुबाट मात्रै नभई भारतको सिक्किमबाट समेत पनि दर्शनार्थीहरु त्यहाँ पुग्ने गर्दछन् । ४ हजार २ सय ५० मिटरको उचाईमा रहेको जट्टापोखरी एउटा हिमतालकै रुपमा रहेको छ । जट्टापोखरी भन्दा केही माथि पर्ने पाँचपोखरी ४ हजार ६ सय ५ मिटरको उचाईमा छ ।

धार्मिक रुपमा मात्रै नभई प्राकृतिक रुपमा समेत स्वर्गकै आनन्द लिन सक्ने उक्त स्थानलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै लैजाने योजना स्वरुप तत्कालीन पालिका अध्यक्ष खड्ग बहादुर सुनुवारको पालामा गोकुलगंगा गाउँपालिकाले सडक निर्माण गर्नुका साथै अन्य संरचनाहरु पनि निर्माणको योजनालाई अघि सारेको थियो । सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा पनि जनै पूर्णिमाका अवसरमा आज मेला लाग्दैछ ।

यसैबीच, सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा पनि जनै पूर्णिमाका अवसरमा आज मेला लाग्दैछ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङमा रहेको पाँचपोखरीमा कोरोना महामारीका कारण अघिल्लो दुई वर्ष मेला नलागेपनि यो वर्ष भने जनै पूर्णिमाका अवसरमा मेला लाग्ने भएको हो । समुद्री सतहबाट करिब चार हजार १०० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना–ठूलो गरी पाँचवटा ताल रहेका छन् । संसारकै उच्च स्थानमा रहेको पोखरीमध्ये नवौँ स्थानमा पर्ने पाँचपोखरी सिन्धुपाल्चोकको नै एक उत्कृष्ट गन्तव्य हो । इन्द्रावतीको उद्गमस्थल पाँचपोखरीमा साना–ठूला धार्मिक र पर्यटकीय महत्वका पोखरी रहेका छन् । पाँचपोखरीमा एकादशीदेखि जनै पूर्णिमाको दिनसम्म विशेष मेला लाग्ने गर्दछ । मेलामा सिन्धुपाल्चोक र आसपासका जिल्लासहित काठमाडौँ उपत्यकाबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थी पुग्ने गरेका छन् ।

यसअघि बुधबार दोलखाको पर्यटकीयस्थल शैलुङमा पनि धुमधाम मेला लागेको थियो । जनैपूर्णिमाको दुई दिन अघि दर्जनौं धामी झाक्रीले ढ्याङरो बजाउँदै शैलुङ परिक्रमा गर्ने चलन विगतदेखिनै रहँदै आएको छ । यो बेला शैलुङमा जिल्ला र जिल्ला बाहिरका हजारौं दर्शनार्थी र पर्यटक पुग्ने गरेका छन् । यो पटक पनि धुमधाम मेला लागेको हो ।