images
images

जब स्कटल्याण्डका २ वर्षीय बालक पुगे सगरमाथाको आधार शिविर..

  • १६ माघ २०८०, मंगलवार ०९:२७

काठमाडौं । स्कटल्याण्डका २ वर्षीय बालक सगरमाथाको आधार शिविर पुगेका छन् ।

स्कटल्याण्डका २ वर्षीय बालक कार्टर डलास बुबाआमासँग सगरमाथाको आधार शिविरमा पुगेका हुन् । यो सँगै उनी सगरमाथा आधार शिविर पुग्ने सबैभन्दा कान्छा बालक बनेका छन् । यसअघि यो कीर्तिमान चेक रिपब्लिकका चार वर्षीय बालकले बनाएका थिए । कार्टरले आमा जेड र बुबा रसले काँधमा बोकेर सगरमाथा आधार शिविरको यात्रा पूरा गरेका हुन् । स्कटल्याण्डबाट आएका रस र जेड आफ्नो छोरासँग एसियाको एक वर्ष लामो यात्रामा निस्किएका थिए । तीनै जना अक्टोबर २५ मा नेपालको समुन्द्री सतहभन्दा १७ हजार ५९८ फिटको उचाइमा रहेको दक्षिणी विन्दुमा चढेर आधार शिविर पुगेका थिए । जेड र रसलाई उचाइमा सास फेर्न अलिकति समस्या भएतापनि अझ बालक कार्टर सकुशल रहेको चिकित्सकहरूले बताएका छन् ।

उनीहरूको लागि बेस क्याम्प अघिको गाउँमा दुई जना डाक्टर तैनाथ गरिएको थियो । चिकित्सकहरूले उनीहरूको रगत परीक्षण गर्ने क्रममा कार्टर बुबाआमा भन्दा स्वस्थ थिए ।