images
images

निर्वाचनका लागि दोलखामा १७ सय बढी कर्मचारी खटिने

  • २६ आश्विन २०७९, बुधबार ०७:५३

दोलखा । दोलखामा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि १७ सय बढी कर्मचारी परिचालन गरिने भएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १ सय ९५ वटा मतदान केन्द्रमा १ हजार ७ सय २४ जना कर्मचारी परिचालन गरिने भएको हो । स्वयंसेवक र सुरक्षाकर्मी बाहेक १ हजार ७ सय २४ जना कर्मचारी परिचालन गरिने निर्वाचन कार्यलय दोलखाले जनाएको छ । जसमध्ये १ सय ९७ जना मतदान अधिकृत र १ सय ९७ जना सहायक मतदान अधिकृत खटिनेछन् भने ९ सय ७६ सहायक कर्मचारी, कार्यालय सहयोगी १ सय ९७ र १ सय ५७ जना जगेडा कर्मचारी खटिनेछन् ।

कर्मचारी परिचालनका लागि हाल कर्मचारीको विवरण संकलनको काम भइरहेको निर्वाचन कार्यालय दोलखाकी प्रमुख एवम् निर्वाचन अधिकृत सकुन्तला राईले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले निर्वाचनमा आवश्यक जनशक्ति व्यवस्थापनका लागि कर्मचारी र शिक्षकको विवरण माग गरेको छ । निर्वाचनमा कर्मचारी परिचालनका लागि जिल्लाका सरकारी निकायका कर्मचारी र शिक्षकको विवरण माग गरिएको कार्यालयले जनाएको छ ।

दोलखामा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि १७ सय बढी कर्मचारी परिचालन गरिने भएको छ ।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १ सय ९५ वटा मतदान केन्द्रमा १ हजार ७ सय २४ जना कर्मचारी परिचालन गरिने भएको हो ।कर्मचारी परिचालनका लागि हाल कर्मचारीको विवरण संकलनको काम भइरहेको निर्वाचन कार्यालय दोलखाकी प्रमुख एवम् निर्वाचन अधिकृत सकुन्तला राईले जानकारी दिनुभयो ।यस्तै निर्वाचनमा ७ सय ७० जना स्यवमसेवक खटिने भएका छन् भने उनीहरुको कार्यअवधि करिब ३ दिनको हुनेछ ।

२ सय ५० जना सम्म मतदाता भएको मतदान केन्द्रका लागि १ जना मतदान अधिकृत, सहायक मतदान अधिकृत र ४ जना सहायक कर्मचारी, १ जना कार्यलय साहयोगी र २ जना स्वयमसेवकगरी ९ जना कर्मचारी खटिनेछन् भने २ सय ५१ देखि ५ सय मतदाता भएको मतदान केन्द्रका लागि ११ जना कर्मचारी खटिनेछन् । ५ सय भन्दा बढी मतदाता भएको मतदान केन्द्रका लागि १२ जना कर्मचारी खटिनेछन् । यस्तै जिल्लाको २ वटा अस्थायी मतदान केन्द्रमध्ये २ सय ५० जना सम्म मतदाता भएको अस्थायी मतदान केन्द्रका लागि ४ जना र २ सय ५० भन्दा बढी मतदाता भएको अस्थायी मतदान केन्द्रका लागि ५ जना कर्मचारी खटिनेछन् ।

उनीहरुलाई निर्वाचनको ७ दिनअघि खटाइनेछ । यस्तै निर्वाचनमा ७ सय ७० जना स्यवमसेवक खटिने भएका छन् भने उनीहरुको कार्यअवधि करिब ३ दिनको हुनेछ । स्वयमसेवकलाई भने निर्वाचन कार्यालयले नियुक्त गरेको मतदान अधिकृतले नियुक्त गर्ने व्यवस्था रहेको छ । आम निर्वाचनका लागि जिल्लामा ९४ वटा मतदानस्थल र १ सय ९५ वटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा ३ पदका लागि ५३ जनाको उम्मेदवारी परेको छ ।