images
images

माथिल्लो तामाकोशीको हकप्रद सेयर निष्काशन गर्न दुई कम्पनीबीच सम्झौता

  • २६ मंसिर २०७९, सोमबार १८:४८

दोलखा । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

आयोजनाले १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्काशनको तयारी गरेको हो । कम्पनीले प्रतिकित्ता सय रुपैयाँ पर्ने गरी सो परिमाणमा हकप्रद निष्काशनको लागि नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक र सनराइज क्यापिटललाई सहबिक्री प्रबन्धक नियुक्त गरेको हो । यी दुई कम्पनीबीच आज सम्झौता भएको छ । कुल १० अर्ब ५९ करोड सेयर निष्कासन गर्नेगरी सम्झौता भएको हो ।