images
images

चर्चित संगीतकार दोलखाका राजनराज शिवाकोटी खुसी साट्दै, ‘कुटुमा कुटुले’ पायो २० करोड भ्यूज

  • २८ पुष २०८०, शनिबार १५:४४

दोलखा । दोलखा स्थायी घर भएका चर्चित गायक एबम् संगीतकार राजनराज शिवाकोटीको कुटुमा कुटु बोलको गीत युट्युवमा सर्वाधिक हेरिएको छ ।

दोलखाको भीमेश्वर नगरपालिका १ स्थायी घर भएका चर्चित संगीतकार शिवाकोटीको कुटुमा कुटु बोलको गीत युट्युवमा २० करोड पटक हेरिएको हो । फिल्म २ रुपैयाँमा समावेश शिवाकोटीद्धारा शब्द र संगीतबद्ध कुटुमा कुटु आज भन्दा करिब ७ बर्षअघि सन् २०१७ को मे २८ मा सार्वजनिक भएको थियो । यस गीतमा शिवाकोटी सहित मेलिना राई र राजन ईशानको स्वर रहेको छ । गीतको भिडियोमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, आसिफ शाह, बुद्धि तमाङ लगायतले अभिनय गरेका छन् ।

धेरैको जनजिब्रोमा झुन्डिन सफल यो गीत सामाजिक सञ्जालमा निकै चर्चामा रहेको गीत हो । शुक्रवार राती सो गीतले २० करोड भ्यूज प्राप्त गरेपछि गायक तथा संगितकार शिवाकोटीले फेसबुकमार्फत् खुसी साटेका छन् । खुसी साट्दै उनले गीतको कन्सेप्ट दोलखा सदरमुकाम चरिकोट माथि देउरालीको चौतारीमा बसेर सुरु भएको बताएका छन् । संगीतकार शिवाकोटीले गीतमा जति सरल र मिठासपूर्ण शब्द प्रयोग गरिन्छ, त्यतिनै जनजिब्रोमा झुन्डिन सजिलो हुने पाठ सिकाएको अनुभव पनि सेयर गरेका छन् । उनले करिब ५ मिनेटको गीतमा अन्न, फलफुल, बनस्पती, धातु, फट्याङ्ग्रा, मानिस, चराचुरुङ्गी, जनावर, धर्म, बिज्ञान, देश, बिदेश लगायत धुम्रपान मद्यपान गर्नुहुँदैन भन्ने सामाजिक सन्देश बोकेको बताएका छन् । निरन्तर ७ बर्षसम्म निरन्तर होमवर्क गर्दै जाने क्रममा सो गीत तयार भएको उनको भनाई छ । शिवाकोटीको यसअघि सुर्के थैली गीत पहिलो पटक नेपाली गीत संगीतमा १ करोड भ्यूज प्राप्त गर्ने पहिलो गीत बनेको थियो ।

उनका पुर्ब पश्चिम रेल, टाकान टुकुन, चरी चट्ट परी, सि ओ डब्लु काउ, चिरबिर चाँचरी ठेकीमा दही, गोजीमा दाम छैन, चरीले काफल टिप्यो, फुलबुट्टे सारी, वार्ता गराईदिउँ, जिन्दगी यो फूलैफूलको थुँगो हुँदैन लगायत दर्जन बढी गीत चर्चामा छन् ।