images
images

ग्रामिण चलचित्र महोत्सवः निश्चल र स्वस्तिमाले पाए उत्कृष्ट निर्देशक र अभिनेत्रीको अवार्ड

  • ९ बैशाख २०८१, आईतवार १४:५३

रामेछाप । रामेछापमा भएको नेपाल ग्रामिण चलचित्र महोत्सवमा १६ बिधामा अवार्ड वितरण गरिएको छ ।

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा सम्पन्न चलचित्र महोत्सवमा उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, सर्वाेत्कृष्ट अभिनेता, तथा उत्कृष्ट अभिनेत्री लगाएत १६ बिधामा अवार्ड प्रदान गरिएको हो । चलचित्र महोत्सवमा सेतीदेविले उत्कृष्ट फिल्म र उत्कृष्ट पटकथा तर्फको अवार्ड जितेको छ भने निश्चल बस्नेत उत्कृष्ट निर्देशक र स्वस्तीमा खड्का उत्कृष्ट अभिनेत्री बनेकी छिन् । निश्चल चलचित्र दिमाग खरावबाट उत्कृष्ट निर्देशक बन्दा सोही चललिचत्रकी नायिका स्वस्तीमा उत्कृष्ट अभिनेत्री बनेकी हुन् । यस्तै, चलचित्र नांगो गाउँबाट दयाहाङ राई सर्वाेत्कृष्ट अभिनेता बनेका छन् ।

महोत्सबमा दिमाग खराब, नांगो गाउँ, विच्छेद, डेसान लगाएतका चलचित्र निःशुल्क प्रदर्शन गरिएको थियो भने सर्ट फिल्म, डकुमेन्ट्री र विभिन्न भाषाभाषिकाका फिल्म पनि देखाईएको थियो । यही बैशाख ६ गतेदेखि सुरु भएर शनिबार सम्पन्न भएको चलचित्र महोत्सबमा विभिन्न विषयमा सिनेमा संवाद कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।