images
images

गायिका एलिना चौहानले कसिन् लगनगाँठो

  • ५ बैशाख २०८१, बुधबार १३:५२

काठमाडौँ । चर्चित गायिका एलिना चौहान विवाह वन्धनमा बाँधिएकी छिन् ।

गायिका चौहानले आज प्रेमी विष्णु सापकोटासँग विवाह गरेकी हुन् । उनले बाग्लुङ निवासी प्रेमी सापकोटासँग परम्परागत विधिबाट विवाह गरेकी छिन् । झापा विर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भएको विवाह समारोहमा बेहुला बेहुली दुवै पक्षका आफन्त तथा साथीहरुको सहभागिता रहेको थियो । अष्ट्रेलिया बस्दै आएका विष्णु र गायिका चौहान केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । विष्णु एलिनालाई लिनका लागि बाग्लुङबाट जन्तीसहित हिजै झापा पुगेका थिए ।