images
images

लाकुरी छायाले, घर न घाट बनायो पापी मायाले

  • १४ असार २०८०, बिहीबार १२:४६

सांगितीक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल दोलखाली गायक केशर लामाले भर्खरै नयाँ लोक दोहोरी एल्बम लाकुरी छायाले, घर न घाट बनायो पापी मायाले बजारमा ल्याएका छन् ।

हाल युरोप (पोर्चुगल) मा रहेर पनि गीत संगित क्षेत्रलाई निरन्तरता दिईरहेका लामाले बजारमा सो एल्बम ल्याएका हुन् । यस एल्बममा प्रेम भित्रको बिछोड अनि बिछोड भित्रको करुणा समेट्नुका साथै मायाले संसार सिगार्छ तर त्यही मायाले घर न घाटको बनाउन पनि सक्छ भन्ने भाव समेटिएको छ । केशर लामाकै शब्द/लय रहेको यस गीतमा कुशल बेलबासे र शान्ती श्री परियारको स्वर रहेको छ । साथै म्युजिक भिडियोमा पछिल्लो समय सर्वाधिक रुचाईएका मोडल तथा निर्देशक बिनोद भण्डारीको कथा र निर्देशक रहेको छ भने विनोद भण्डारी र जुना गुरुङको दर्दनाक अभिनय देख्न सकिन्छ ।

लाकुरी छायाले, घर न घाट बनायो पापी मायाले गीतलाई केशर लामाले अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । लामाका अमर प्रेमको गाथा, पागल बनी मर्छु होला, आज अचानक उनलाई सम्झिएँ, अन्तिम चोटी, यात्रा रैछ जिन्दगी, दिनलाई सूर्य चन्द्र रातीको लगायत दर्जनौँ गीतहरु नेपाली सांगीतिक बजारमा चर्चित गीत हुन् ।

दोलखाको बिगु गाउँपालिका गोंगरमा जन्मिएका लामा एक दशकदेखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा सक्रिय छन् । वियोगान्त धारका सिर्जना गर्ने लामाको सिर्जनहरुमा जिन्दगीको वास्तविक भोगाईहरु भेटिन्छ ।