images
images

शैलुङ गाउँपालिकामा मतगणनाको क्रममा झडप, एक गम्भीर घाइते

  • ३१ बैशाख २०७९, शनिबार १५:५५

जिरी (दोलखा) । शैलुङ गाउँपालिकामा मतगणना भइरहँदा झडप भएको छ ।

शैलुङमा मतगणनास्थलमा गठबन्धन दल र एमालेका कार्यकर्ताबीच झडप भएको हो । झडपमा परि शैलुङ ४ का बाबु लामा गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । स्थानीय अस्पतालमा सामान्य उपचारपछि लामालाई थप उपचारका लागि काठमाण्डौं रिफर गरिएको छ । अहिले प्रहरी टोली घटनास्थल जाँदै गरेको र बिस्तृत विवरण आउन बाँकी रहेको दोलखाका प्रहरी निरिक्षक सुशिल केसीले जानकारी दिनुभयो ।स्थिती नियन्त्रणमा लिन थप प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाप्रसाद पौडेलले बताउनुभयो ।

मतपत्र भएका बाकसको सिल फुटेका लगायतका विषयमा प्रतिनिधिहरुबीच विवाद बढेपछि दुई पक्षबीच झडप भएको थियो ।