images
images

परिणाम देखिनेगरी निर्वाचनमा केन्द्रित हुन माओवादी केन्द्रको निर्देशन

  • २ बैशाख २०७९, शुक्रबार १७:४१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले परिणाम देखिनेगरी स्थानीय निर्वाचनमा केन्द्रित हुन निर्देशन दिनुभएको छ ।

पुर्व स्थायी समितिको आज बसेको बैठकमा अध्यक्ष प्रचण्डले गठबन्धनमा सहभागी सबै दलहरुलाई एकताबद्ध बनाएर निर्वाचनमा केन्द्रित गराउन माओवादीले ध्यान दिनुपर्ने बताउनुभएको हो । पार्टीको तर्फबाट प्रेस नोट जारी गर्दै प्रवक्ता कृष्ण बहादुर महराले पूर्व स्थायी समिति बैठकमा प्रचण्डले परिणाम देखिनेगरी स्थानीय निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको जानकारी दिनुभयो । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित बैठकमा बोल्दै प्रचण्डले माओवादीलाई माया गर्नेहरुको संख्या बढ्दै गएको बताउनुभयो ।

देशभर माओवादीप्रति व्यापक जनलहर आएको भन्दै उहाँले आगामी दिनमा यो गति अझै तिव्र हुने उल्लेख गर्नुभयो । पार्टीको आज दिनभरको गतिविधिलाई प्रेस नोट मार्फत सार्वजनिक गर्दै प्रवक्ता महराले पार्टी एकतामा जोड्न पछिल्लो समय लहर नै आएको बताउनुभएको छ ।