images
images

काभ्रेपलाञ्चोकमा बाढीले पुरिएका सवारी निकाल्ने क्रम जारी (फोटो फिचर सहित)

  • १ जेष्ठ २०८०, सोमबार १३:४९

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित मंगलटारमा वर्षासँगै आएको बाढीले पुरिएका चार वटा सवारी साधनमध्ये तीन वटा सवारी साधन निकालिएको छ ।

रोशी गाउँपालिका वडा नम्बर ९ स्थित मंगलटारमा गएराति वर्षासँगै आएको बाढीले चार वटा सवारीका साधन पुरेको थियो । पुरिएका तीन वटा सवारीका साधन निकालिएको छ भने एउटा सवारी साधन निकाल्न प्रयास भइरहेको काभ्रेपलाञ्चोकका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले तीन वटा पिकअप भ्यान र एउटा कार पुरेको थियो । सवारी साधन बाढीले पुरेपनि चालक र यात्रु भने सकुशल छन् ।
हिजो साँझ एक्कासी ठुलो वर्षा भएपछि विपि लोकमार्ग अन्र्तगत रोशी गाउँपालिकाको मंगलटारमा लेदो सहितको माटो सडकमा आएपछि सवारीका साधन पुरिएका थिए । बाढीसँगै आएको लेदोले चिउरिबासका स्थानीय क्षेत्रबहादुर लामाको घर पनि पुरेको छ । बाढीका कारण करिब तीन घण्टा विपी लोकमार्ग समेत अवरुद्ध भएको थियो ।

single-dsc.ing

single-dsc.ing

single-dsc.ing