images
images

जिरीमा लाखे नाचः हेर्नुहोस्, तस्विरमा

  • ३० असार २०८०, शनिबार २०:५६

जिरी (दोलखा) । दोलखाको पर्यटकीय नगरी जिरीमा धुमधामका साथ लाखे नाच निकालिएको छ ।

केही वर्षअघिदेखि लाखे नाच निकाल्न सुरु गरिएको जिरीमा यो वर्ष पनि निकालिएको हो । घण्टाकर्णदेखि सुरु भएर कृष्णअष्टमीको भोलिपल्ट मध्यरातमा सम्पन्न गरिने यो जात्रा २०७६ सालदेखि जिरी बजारमा पनि सुरु गरिएको थियो । त्यसअघि जिल्ला सदरमुकाममा मात्रै (लाखे जात्रा) लाखे नाच निकाल्ने गरिएको थियो । लाखे नेवारी परम्परागत जात्राको प्रतीक हो ।

सातौं शताब्दीदेखि नेवारी परम्परा भएको दोलखामा यो जात्रा विधिपूर्वक निकालिन्छ । जिरीमा पनि स्थानीय नेवार समुदायले आफ्नै तरिकाले लाखे निकाल्ने गरिएको छ ।

तस्विर सौजन्यःजिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठ