images
images

दोलखामा २३ वडाको नतिजा सार्वजनिक, माओवादीलाई पछ्याउँदै एमाले र कांग्रेस

  • २ जेष्ठ २०७९, सोमबार ०६:०२

जिरी (दोलखा) । दोलखामा हालसम्म २३ वटा वडाको नतिजा सार्वजनिक भएको छ ।

मत गणना सुरु भएको पछिल्लो ३ दिनको अवधिमा आज विहानसम्म २३ वटा वडाको नतिजा सार्वजनिक भएको हो । जसमा सबैभन्दा बढी स्थानमा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ । आज विहानसम्म नेकपा माओवादी केन्द्रले ८, नेकपा एमालेले ७, नेपाली कांग्रेसले ५, एकीकृत समाजवादीले २ र स्वतन्त्र उम्मेदवारले एक वटा वडामा जित हात परेको छ । अब जिल्लामा पालिका प्रमुख तथा उपप्रमुख र ५१ वटा वडाको परिणाम आउन बाँकी छ ।

हेर्नुहोस्, कुन –कुन स्थानमा कस्को जित ?

नेकपा माओबादी केन्द्र
गौरीशंकर गाउँपालिका –१ प्रकाश खड्का
गौरीशंकर गाउँपालिका -२ रोहित बुढाथाेकि
जिरी नगरपालिका –२ ङिमपल्दे शेर्पा
जिरी नगरपालिका– ३खेटबहादुर घिमिरे
बैतेश्वर गाउँपालिका-७ मीन कुमार शिबाकाेटि
कालिन्चोक गाउँपालिका-२ बिक्रम पाण्डे
कालिन्चोक गाउँपालिका-३ दलबहादुर तमाङ
विगू गाउँपालिका-२ दिपक ठकुरी
नेकपा एमालेः जना
कालिन्चोक गाउँपालिका वडा नम्बर -१ पदम बहादुर थामी
तामाकोशी गाउँपालिका –१ बसन्त थापा
बैतेश्वर गाउँपालिका –८ शान्त जिरेल
जिरी नगरपालिका-४ पदेमान जिरेल
मेलुङ गाउँपालिका- १ ईश्वर काेइराला
मेलुङ गाउँपालिका-३ बसन्त लामा
भीमेश्वर नगरपालिका २ स्टालिन श्रेष्ठ
नेपाली कांग्रेसः
बिगु गाउँपालिका –१ मेम बहादुर तमाङ
भिमेश्वर नगरपालिका–१ माधब थामी
जिरी नगरपालिका –१ कर्साङ शेर्पा(आङपासाङ)
जिरी नगरपालिका -५ नर बहादुर जिरेल
शैलुङ गाउँपालिका –१ बिरबहादुर घतानी
नेकपा समाजबादी (एस)
मेलुङ गाउँपालिका –२ रामकृष्ण भण्डारी
जिरी नगरपालिका -६ मरिचबहादुर खड्का
स्वतन्त्र उम्मेदवार
तामाकोशि गाउँपालिका-२ ईश्वर कार्कि