images
images

विगु २ मा माओवादी केन्द्रका उम्मेदवार ठकुरी निर्वाचित

  • २ जेष्ठ २०७९, सोमबार ०६:३५

दोलखा । दोलखाको विगु गाउँपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

नेकपा एमाले र कांग्रेसका उम्मेदवारलाई पछि पादै वडाध्यक्षमा माओवादी केन्द्रका दिपक ठकुरी निर्वाचित भएका हुन् । उनले ५ सय ३५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार एमालेका यम बहादुर गुरुङले ४ सय ७२ र नेपाली कांग्रेसका उम्मेदवार प्रकाश तमाङले ४९ मत प्राप्त गरेका छन् । सो वडामा माओवादी केनद्रको तर्फबाट दलित महिला सदस्यमा स्वस्तानी कामी निर्वाचित भएकी छिन् भने अन्य सदस्यहरु एमालेका विजयी भएका छन् ।