images
images

स्वास्थ्य बीमा बोर्डले दीर्घरोगीलाई तीन महिनासम्मको औषधि उपलब्ध गराउने

  • ३० मंसिर २०८०, शनिबार ०८:५१

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीलाई तीन महिनासम्मको औषधि उपलब्ध गराउने निर्णय गरेको छ ।

यसअघि एक महिनाको मात्रै औषधि उपलब्ध गराउने गरिएकोमा अब दीर्घरोगीले तीन महिनासम्मको औषधी पाउने भएका हुन् । एक महिनाको मात्र औषधी पाउँदा दुर्गम जिल्लाबाट स्वास्थ्य बिमाबापत औषधी लिइरहेका बिरामी समस्यामा परेका थिए । स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले बिरामीको समस्यालाई ध्यानमा राखी तीन महिनालाई पुग्ने औषधी एकै पटक दिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

बीमा बोर्डले एक पटक रेफर गरेका बीमित बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने व्यवस्था पनि गरेको छ । कुनै रोगका लागि एक पटक रेफर गरेपछि फलोअपमा अर्को कुनै रोगका लागि फरक अस्पतालमा जान रेफर लिन नपर्ने बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक डा.मदनकुमार उपाध्यायले जानकारी दिनुभयो । यसअघि जति पटक उपचारका लागि गयो त्यतिपटक रेफर पूर्जी लिनुपर्ने व्यवस्था थियो । हालसम्म ७४ लाख बीमित भएपनि करिव ४७ लाख मात्रै सक्रिय रहेको बोर्डले जनाएको छ ।