images
images

माथिल्लो तामाकोशीमा दोलखालीको शेयरः ६५ हजारको अभौतिकरण, अधिकांशले डिम्याट खातै खोलेनन्

दोलखा । अपर तामाकोशी जलविद्युत आयोजनामा शेयर लगानी गरेकामध्ये अधिकांशले शेयर आफ्नो खातामा ल्याएका छैनन् ।

दोलखाका कुल २ लाख ७६ हजार शेयरधनी मध्ये २ लाख १० हजार ३ सय १५ जना शेयरधनीले अझै आयोजनाको शेयर आफ्नो खातामा नल्याएका हुन् । यो तथ्यांकलाई हेर्दा जिल्लाका एक तिहाई नागरिकले पनि डिम्याट खाता नखोलेको पाइएको छ । सनराइज क्यापिटल लिमिटेडका सिईओ विजयलाल श्रेष्ठले माघ २७ गतेसम्म जम्मा ६५ हजार ६ सय ८५ जनाको मात्रै शेयर अभौतिकरण गरिएको बताउनुभयो । डिम्याट खाता खोलेका उनीहरुको शेयर आफ्नै खातामा जम्मा भएको हो । शेयरधनीले शेयर आफ्नो डिम्याट खातामा नल्याएको अवस्थामा शेयर किनबेच गर्न पाईने छैन भने आयोजनाबाट प्राप्त हुने लाभांश पनि पाइने छैन । शेयरधनी स्वयमको बैंक खाता र डिम्याट खाता अनिवार्य भएमा मात्रै शेयर किनबेच गर्न र आयोजनाबाट प्राप्त हुने लाभांश प्राप्त गर्न सकिने व्यवस्था छ ।

अपर तामाकोशी जलविद्युत आयोजनामा शेयर लगानी गरेकामध्ये अधिकांशले शेयर आफ्नो खातामा ल्याएका छैनन् । दोलखाका कुल २ लाख ७६ हजार शेयरधनी मध्ये २ लाख १० हजार ३ सय १५ जना शेयरधनीले अझै आयोजनाको शेयर आफ्नो खातामा नल्याएका हुन् । यो तथ्यांकलाई हेर्दा जिल्लाका एक तिहाई नागरिकले पनि डिम्याट खाता नखोलेको पाइएको छ । नयाँ प्राबधान अनुसार शेयर अभौतिकरण गरेपछि मात्रै शेयर किनबेच गर्न पाइनेछ भने कम्पनीले दिएको लाभांश र हकप्रद शेयर भर्न पाईने छ ।

नयाँ प्राबधान अनुसार शेयर अभौतिकरण गरेपछि मात्रै शेयर किनबेच गर्न पाइनेछ भने कम्पनीले दिएको लाभांश र हकप्रद शेयर भर्न पाईने छ । अपर तामाकोशीको हकप्रद शेयर निष्कासनको तयारी भइरहेकाले डिम्याट खाता तत्काल खोलेर हकप्रद शेयर हाल्नका लागि पनि सनराइज क्यापिटल लिमिटेडका सिईओ श्रेष्ठले आग्रह गर्नुभयो । अपर तामाकोशी जलविद्युत आयोजनाले कुल १० करोड ९५ लाख कित्ता शेयर निष्कासन गरेकोमा १० प्रतिशत दोलखाबासिका लागि छुट्याइएको थियो । शेयरको भौतिक रुपमा सर्टिफिकेट नबाँडिएको र हालको नियम अनुसार अभौतिकरण डिम्याट खातामा हाल्नुपर्ने भएकाले डिम्याट खाता अनिवार्य रुपमा खोल्नुपर्नेछ ।

डिम्याट खाता खोलिसकेका शेयर धनीले डिम्याट खातामा आफ्नो शेयर जम्मा गर्नका लागि सनराइज क्यापिटल लिमिटेडमा आफ्नो डिम्याट खाता नम्बर भरेको एउटा फारम पठाउनुपर्ने छ । वा सनराइज क्यापिटल लिमिटेडको वेवसाइडमा अपर तामाकोशीको डिम्याट खाता अद्यावधिक गर्ने ठाउँमा गएर पनि अपडेट गराउन सकिनेछ । यसका अलवा वेवसाइडमा भएको अपर तामाकोशीको शेयर अद्यावधिक फारम डाउनलोड गरेर परिवारका सबै सदस्यको फारम भरेर सनराइज क्यापिटलमै अनलाइन मार्फत पनि फारम बुझाउन सकिनेछ । सनराइज क्यापिटलले डिम्याट खाता नम्बर पाइसकेपछि मात्रै सम्बन्धीत शेयरधनीको शेयर कित्ता डिम्याट खातामा हालिदिने व्यवस्था छ ।

अपर तामाकोशीको शेयर निष्काशनका बेला एउटै बैंक खाताबाट परिवारका दुई तीन जनाको शेयर हालेकाहरुले पनि अनिवार्य आफ्नो बैंक खाता र डिम्याट खाता खोल्नुपर्नेछ । नावालकको हकमा पनि बैंक खाता र डिम्याट खाता अनिवार्य गरिएको हो । आफ्नै बैंक खाता र डिम्याट खाता नभएमा आयोजनाको शेयर किनबेच गर्न, आयोजनाले दिने लाभांश लिन र हकप्रद शेयर हाल्न पाईने छैन । डिम्याट खाता खोल्नका लागि सनराइज क्यापिटल लिमिटेडका कर्मचारीको टोलीले माघ २२ गतेदेखि २९ गतेसम्म हितग्राही खाता र मेरो शेयर खोल्नका लागि तामाकोशी जलविद्युत आयोजना स्थल गोंगरमा शिविर चलाएको थियो ।