images
images

जलबिधुतको धुँवा र धुलोले कालिञ्चोकको वस्ती धुलाम्मे, धुलोकै कारण बृद्धको मृत्यु भएको दावी

  • ४ चैत्र २०८०, आईतवार १६:२८

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–२ स्यारबाराङका एक बृद्धको जलबिधुत आयोजनाको लापरवाहीका कारण मृत्यु भएको भन्दै स्थानीयले बिरोध गरेका छन् ।

कालिञ्चोक गाउँपालिका–२ का ६६ वर्षीय रणवहादुर थामीको जलबिधुत आयोजना निर्माणको क्रममा निस्किएको धुलोले निस्सासिएर मृत्यु भएको दावीसहित स्थानीयले बिरोध गरेका हुन् । स्वासप्रश्वासमा समस्या भई सिंगटीमा उपचार गरी घर फर्किने क्रममा कालिञ्चोक हाइड्रोको सिभिल संरचना निर्माणको क्रममा निस्किएको धुँवा र धुलोको मुस्लोमा फसेका बृद्धको मृत्यु भएको स्थानीयको दावी छ । हिजो दिउँसो उपचार गरी घर फर्किने क्रममा ती बृद्धा हाइड्रोको काम गर्दा निस्किएको धुँवा र धुलोमा फसेको र वेलुकी ५ बजे मृत्यु भएको स्थानीयले बताएका छन् । मृतकको शवलाई घटना मुचुल्कापछि पोष्टमार्टमकालागि चरिकोटस्थित शव गृहमा राखिएको छ ।

विगु गाउँपालिका–८ मा निर्माण भइरहेको ५ मेगावाट क्षमताको कालिञ्चोक हाइड्रोको सिभिल संरचना निर्माणको क्रममा निस्किएको धुलोले कालिञ्चोक गाउँपालिका–२ को स्यारबाराङ गाउँमा निकै ठूलो वातावरणीय असर परेको वडा अध्यक्ष हेमवहादुर पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार हाइड्रोवाट निस्किने धुलो र धुँवाले स्यारबाराङ गाउँ धुलाम्मे हुने गरेको र मानिस तथा चौपाया र कृषि वालीमा गम्भीर असर गरिरहेको छ । आयोजना निर्माणको क्रममा पर्ने वातावरणीय असरलाई न्यूनिकरण गर्न आयोजनाको प्रवद्र्धक कम्पनीले कुनै पनि काम नगरेको स्थानीयको आरोप छ ।

फायल तस्वीर