images
images

कालिञ्चोक गाउँपालिकालाई समृद्ध बनाएर देखाउँछुः प्रस्तावित अध्यक्षका उम्मेदवार बुढाथोकी

  • ४ बैशाख २०७९, आईतवार १५:२१

दोलखा । नेकपा माओवादी केन्द्रको तर्फबाट कालिञ्चोक गाउँपालिकाका प्रस्तावित अध्यक्षका उम्मेदवार कुलबहादुर बुढाथोकीले आफु पालिका अध्यक्षमा विजयी भएमा ५ वर्षभित्र पालिका समृद्धिको दिशातर्फ उन्मुख हुने बताउनुभएको छ ।

दोलखा सदरमुकाम चरिकोटस्थित हाम्रो रेडियोमा स्थानीय तह निर्वाचन विशेष कार्यक्रममा आज कुराकानी गर्दै कालिञ्चोकका प्रस्तावित अध्यक्षका उम्मेदवार बुढाथोकीले यस्तो बताउनुभएको हो । उहाँले पार्टीले आफुलाई अवसर दिएको अवस्थामा गठबन्धन मिलेमा र आफु एक्लै लड्दा पनि जनसमुदायले आफुलाई पत्याएमा ५ वर्षभित्र पालिका समृद्धिको दिशामा उन्मुख हुने बताउनुभयो । नेकपा माओवादी केन्द्र दोलखाका संयोजक समेत रहेका बुढाथोकीले माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको जनलहर बढेको भन्दै आफुहरुले धेरै स्थानमा जित हासिल गर्ने दावी गर्नुभयो । उहाँले आफु गाउँपालिकाको नेतृत्वमा रहेमा खानेपानी, शिक्षा, स्वास्थ्य, लगायतका आधारभुत आवश्यकताको व्यवस्थापन, कुरीबजार व्यवस्थापन, वन पैदावर तथा जडिबुटीको व्यवस्थापन गर्ने बताउनुभयो ।

प्रस्तावित अध्यक्षका उम्मेदवार बुढाथोकीले कृषिलाई व्यवसायीकरण गर्ने, बाँझोे जमिनलाई व्यवस्थापन, स–साना बजारको केन्द्रिकृत गर्ने, विद्युतमा भएको विकृति हटाउने, मझौला हाइड्रोमा भएको बेतिथि नियन्त्रण गर्ने, विदेश पलायन भएका युवाहरुलाई रोजगारी दिनुका साथै बाँदर आतंकका कारण गाउँ छाडेर जान बाध्य भएकालाई व्यवस्थापन गर्न बाँदर नियन्त्रणमा उल्लेख रुपमा आफुले भुमिका खेल्ने धारणा राख्नुभयो ।

प्रस्तावित अध्यक्षका उम्मेदवार बुढाथोकीले कृषिलाई व्यवसायीकरण गर्ने, बाँझोे जमिनलाई व्यवस्थापन, स–साना बजारको केन्द्रिकृत गर्ने, विद्युतमा भएको विकृति हटाउने, मझौला हाइड्रोमा भएको बेतिथि नियन्त्रण गर्ने, विदेश पलायन भएका युवाहरुलाई रोजगारी दिनुका साथै बाँदर आतंकका कारण गाउँ छाडेर जान बाध्य भएकालाई व्यवस्थापन गर्न बाँदर नियन्त्रणमा उल्लेख रुपमा आफुले भुमिका खेल्ने धारणा राख्नुभयो । उहाँले गाउँपालिकाका थामी बस्तीलाई नमुना वस्ति बनाउने योजना बनाएको भन्दै पालिकाका जनतालाई सुकुम्बासी हुन नदिने बताउनुभयो ।

लामो समयदेखि विवादित बनेको गाउँपालिकाको केन्द्रको विषयमा बढुथोकीले केन्द्र कहाँ राख्ने ठुलो कुरा नभएको बताउँदै जनतालाई जहाँ केन्द्र रहेपनि त्यहाँसम्म पुग्ने सहज वातावरण बनाउनुका साथै केन्द्रमा दिने सेवालाई सर्वशुलभ गर्ने व्यवस्था मिलाउने धारणा राख्नुभयो । उहाँले लापिलाङ पहिरो नियन्त्रणका लागि माओवादी केन्द्रले पहल गरिरहेको भन्दै आगामी दिनमा पहिरो क्षेत्रका वासिन्दाको वस्ति व्यवस्थापनमा प्राथमिकता दिने उल्लेख गर्नुभयो । आफु भिजन र मिसन भएको नेता भएकाले आफ्नो उम्मेदवारी महत्वपुर्ण रहेको उहाँको भनाई छ । सहमति गरेर अघि बढ्न गठबन्धन भित्रको धारणामा एक रुपता हुनुपर्नेमा जोड दिँदै बुढाथोकीले गठबन्धनभित्र मिलेसम्म मिल्ने नभएमा त्रिपक्षीय रुपमा अध्यक्षमा लडेपनि आफ्नो बलियो दावी रहने बताउनुभयो ।