images
images

विलासी वस्तुको आयातमा १४ भदौसम्म प्रतिवन्ध, ३८ हजारमाथिका मोबाइल ल्याउन नपाईने

  • १ श्रावण २०७९, आईतवार १२:४१

काठमाडौं । नेपाल सरकारले गाडीसहित १० प्रकारका वस्तु आयातमा लगाएको प्रतिवन्धको अवधिलाई थपेको छ ।

सरकारले थप डेढ महिना विलासी वस्तुको आयातमा प्रतिवन्ध लगाएको हो । जसअनुसार आगामी भदौ १४ गतेसम्म सवै प्रकारका मदिरा, चुरोट तथा सूर्तिजन्य पदार्थ, हिरा, कार, जीप, भ्यान, १५० सीसीमाथिका मोटरसाइकल, ३२ इन्च माथिका रँगिन टेलिभिजन, लेज, कुरमुरे, सवै प्रकारका खेलौना र खेल्ने तास आयातमा पूर्ण प्रतिवन्ध लगाएको हो ।

राजपत्रमा प्रकाशित सूचना अनुसार अव भदौ १४ गतेसम्म यस्ता विलासिताका सामान नेपालमा आयात गर्न पाईने छैन । सरकारको प्रतिवन्धका कारण अव ३८ हजारमाथिका मोबाइल आयात गर्न पाईने छैन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३०० अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइलमा प्रतिवन्ध लगाएको हो । बैशाख यता ६०० अमेरिकी डलरसम्म मूल्य भएका मोबाइल सेटमा प्रतिवन्ध लगाईएको थियो । तर, अहिले ६०० डलरबाट घटाएर ३०० डलरसम्मका मोबाइल प्रतिवन्ध लगाएको छ ।

सरकारले यसअघि आयातमा लगाएको प्रतिवन्धका कारण नेपालमा आइफोन ब्राण्डमा मुख्य घाटा रहेको थियो भने अव सामसुङ, रेडमी, भिभो, ओप्पो लगायतका अधिकाँश स्मार्ट मोवाइल फोन कम्पनीमा पनि असर पर्ने भएको छ ।