images
images

सञ्चारमन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी

  • ४ माघ २०७९, बुधबार १७:२९

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले सरकारको प्रवक्ताको जिम्मेवारी पाउनु भएको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दै हिजो शर्मालाई सञ्चारमन्त्रीको जिम्मेवारी दिनुभएको थियो । नेकपा माओवादी केन्द्रकी शर्मा दाङ २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको थियो । यसअघि उहाँले सामान्य प्रशासन मन्त्री बनेर काम गरिसक्नु भएको छ ।

मन्त्रिपरिषद बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । यसैगरी बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सो मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा स्थानान्तरण गर्ने निर्णय गरेको छ ।